भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – आज पनि हिजो जस्तै गर्मी छ । आइतबार बिहान ८ : ४५ बजे काठमाण्डौको तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस थियो । दिउँसो तापक्रम बढेर ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने माैसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
तराईका जिल्लाहरुमा तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी बढेपछि बारा जिल्लाभरिका र वीरगञ्ज नगरभरिका विद्यालय एकहप्ताका लागि बन्द गरिएको छ ।
आइतबार केही ठाउँमा दिउँसोपख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपख पूर्वी तथा पश्चिमी भेगमा सामान्य बदली हुने र मध्य क्षेत्र लगायतका केही ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ । यस्तै राती पनि मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।
यो हप्ता मनसुन भित्रने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । सामान्यतया जुन १० तारिखबाटै मनसुन भित्रने भए पनि यो वर्ष अलि ढिला मनसुन भित्रने भएको हो । यो वर्ष भारतमा पनि मनसुन ढिला भित्रिएकाले नेपालमा पनि ढिला भित्रने भएको मौसमविद् कँडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।