ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुति
चैत ३, २०८१ आइतबार
खोटाङ – खोटाङको दिक्तेल–जयराम सडक १७ घण्टापछि खुलेको छ ।
बुधबार राति मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–जयराम सडक खण्डको हलेसी तुवाचुङ नगरपालिकाको ऐतिहासिकस्थल तुवाचुङ जायजुमस्थित बर्खेटारमा पहिरो खस्दा अवरुद्ध बनेको सडक बिहीबार साँझबाट सुरु भएको हो । सडकमा थुप्रिएको पहिरो पन्छाएपछि सडक सुरु गराइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
पहिरो पन्छाउन हलेसी तुवाचुङ नगरपालिका, खोटाङ बृहत खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको सूर्य कन्ट्रक्सन र नागार्जुन कम्पनीको एस्काभेटरलाई दिनभर लागेको थियो ।
वर्षा याममा जिल्ला भित्रिने र बाहिरिने एक मात्र दिक्तेल–जयराम सडक बन्द हुँदा सयौं यात्रु अलपत्र परेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।