अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
पाल्पा – किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला अदालत पाल्पाले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
२ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतीयाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको थियो ।
जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई मानव बेचिबखनसम्बन्धी मुद्धा अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभयो ।
गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले विवाह गर्ने भनेर भारततर्फ लैजान लागेका थिए । बालिका र युवतीसहित उनीहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरिएको थियो । दुबै जना बालिका र युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।