आफूले पहिले बोल्न पाउनुपर्ने भन्दै संसदमा कांग्रेसको अवरोध : प्रधानमन्त्रीको सम्बोधन स्थगित

 असार ३, २०७६ मंगलबार १२:१७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन प्रतिपक्षी दलको विरोधका कारण रोकिएको छ । 

सुरुमा प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि प्रधानमन्त्रीको सम्बाेधन रोकिएको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन् । 

यसअघि दलका सचेतकसँग सभामुख महराले गर्नुभएको छलफलमा प्रतिपक्षी दलका सांसदलाई पहिले बोल्न समय दिनुपर्ने माग गरेका थिए । बैठक सुरु हुनुअघि पटक-पटक भएको छलफलमा पनि सहमति नहुँदा एक घण्टापछि बैठक सुरुभएको थियो । 

५ मिनेटसम्म पनि प्रतिपक्षी दलका सांसदले नाराबाजी गर्न नछाडेपछि सभामुख महराले बैठक स्थगित भएको निर्णय सुनाउनुभयो । अब अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको छ । 

प्रधानमन्त्री सम्बोधनका लागि पोडियममा पुगेको भए पनि नाराबाजीका कारण नबोली फर्कनु भयो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • वीरेन्द्र शर्मा

    June 18, 2019, 8:57 p.m.

    ए. मा. ले. ले पनि ५७ दिनसम्म, - संसद अवरुद्ध गरेकै थ्यो. - अर्थमंत्रीको ब्रीफकेश फोडेकै थ्यो. - संसद भवनको कुर्सीहरु भांचेकै थ्यो. अहिले, ने.का.ले पनि सोही सिको गरेर पालो फर्काउंदैछ.

  •  0 Reply
  • Narendra Singh Nagari

    June 18, 2019, 1:22 p.m.

    कस्तो रमाइलो गर्दैछन् , राजनीतिज्ञहरु सायद यही जात्रा देखाउने ठाउँ नपुगेर गुठीको जमीनमा आँखा गा'को होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया