अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवा सम्बन्धि निर्णय सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरेको हो । यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले तत्कालका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ २४ गते आफैले दिएको अन्तरिम आदेश खारेज गर्दै सर्वोच्च अदालतले गाउँपालिकाको निर्णय सदर गरेको हो । गाउँपालिकाले शिक्षक सरुवा गरेपछि त्यसको विरुद्धमा डिल्लीबहादुर खुलाल बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चको निर्णयपछि
गाउँपालिका अध्यक्ष असिम राईले शैक्षिक सुधारको लागि गरिएको प्रयासलाई सर्वोच्च अदालतले सदर गरिदिएको बताउनुभयो । उहाँले देशभरका स्थानीय तहले आबश्यकता अनुसार शिक्षकको सरुवा गर्न सर्बोच्चको फैसला नजिर बनेको समेत बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।