वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा बिजुली कटौती हुन थालेपछि ...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - प्रहरीले विप्लव समूहका पाँच जना नेता तथा कार्यकर्तालाई पक्राउ गरी बिहीबार मुद्दा चलाएकाे छ ।
पक्राउ पर्नेमा विप्लव समूहका रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, दाेलखा सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेकाे महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएकाे छ ।
पाँच जनामध्ये एक जनालाई भक्तपुरबाट र बाँकी चार जनालाई काठमाण्डाैबाट पक्राउ गरिएकाे महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताउनुभयाे । उनीहरुलाई पक्राउ गर्ने क्रम बुधबारबाटै चलेकाे र मुद्दा भने आज चलाइएकाे पनि थापाले जानकारी दिनुभयाे ।
महाशाखा प्रमुख थापाका अनुसार प्रतिबन्धित पार्टिका कार्यकर्तालाई पक्राउ गर्ने नियम अनुसार नै सुराकीकाे आधारमा महाशाखाकाे टाेलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।