नक्कली डीएसपी पक्राउ

 असार ५, २०७६ बिहिबार १९:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी गर्दै हिँड्ने एक जना व्यक्ति प्रहरीकाे फन्दामा परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले बौद्धको नयाँबस्तीबाट नारायण भनिने भोला गौतमलाई पक्राउ गरेको हो । पक्राउ परेका गाैतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोवाइलमा राखेर विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिने गरेका थिए । 

साथै उनले सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाइँलाई हातपात गरेको, लछार-पछार गरेर अभद्र व्यवहार गरेको खुल्न आएको छ ।   

घटनाबारे थप अनुसन्धान भैरहेकाे महाशाखाले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया