नक्कली बीजक बनाएर अरबौँ राजस्व छल्ने व्यापारी भट्टराईसहित १५ जनाविरुद्ध ३ अर्ब बिगो माग

 असार ६, २०७६ शुक्रबार ११:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नक्कली बीजक बनाएर राजस्व छली गर्ने सुनसरी इनरुवाका गोपालप्रसाद भट्टराईसहित १५ जनाविरुद्ध झण्डै तीन अर्ब बिगो र दोब्बर जरिबाना माग गर्दैै राजस्व अनुसन्धान विभागले अदातलमा मुद्धा दायर गरेको छ । 

भट्टराईसहित १५ जनाविरुद्ध २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो र त्यसको दुई गुणा जरिबाना तथा तीन वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गर्दै विभागले जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरेको हो । 

भट्टराईसहितका व्यक्तिहरुले अरुको नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराई राजस्व छलेर कारोबार गर्दै आएको विभागको दावी छ । भट्टराई र रिम्रध्वज कार्की मिलेर राज्यलाई अर्बौँको राजस्व छली गरेको विभागको दाबी छ ।

साथै फर्मको लेखा परीक्षण गर्ने जगन्नाथ गुरुङ, शरणबहादुर खड्का र टंकनाथ नेपाललाई पनि पेसागत आचरण र मर्यादाविपरीत राजश्व छल्ने कार्यमा सहयोगी भई मतियारको काम गरेकाले आधा सजाय माग गरिएको छ ।  

भट्टराई सुनसरी इनरुवा ९ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका ३ मा बस्दै आएका थिए ।  
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया