महिला हक तथा अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड

 असार २२, २०७५ शुक्रबार १३:४६:१७ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गर्नु भएको छ । 

अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो । उहाँले महिलाको हक, अधिकारलाई सुनिश्चित गराउने दिशामा कुनै प्रगति नै नभएको भन्ने भनाई सत्य नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । योगमाया सामाजिक आन्दोलन अभियानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले योगमाया जस्ता वीर वीरांगनाहरुको योगदानबाट पाठ सिकेर अघि बढदै जाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले राणा कालको कठोर समयमा पनि समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएकी योगमायालाई राष्ट्रिय विभूति बनाउन आफूले सक्दो पहल गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तत्काल योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । उहाँले योगमायाको योगदानको उच्च कदर गर्दै आफू नेतृत्वको सरकारले उहाँको योगदानलाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक बजेटको समेत व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै महिला नेतृहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, डा. डिला संग्रौलाले नेपालको सामाजिक र राजनीतिक जागरणको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रममा राणा कालमा समाज सुधारको क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको योगमाया न्यौपाने व्यक्तित्वका बारेमा पनि चर्चा गरिएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया