जङ्गलमा आगो लगाउँदै हिँड्ने दाजुभाइ पक्राउ

 चैत ४, २०८१ सोमबार १८:२३:५३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरको छहरेछाप सामुदायिक वन र त्यही ठाउँको लालीगुँरास सामुदायिक वनमा आगो लगाउने दाजुुभाइ पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा टोकरपुरकै ५० वर्षीय पदमबहादुर विक र उनका भाइ ४५ वर्षीय चन्द्रबहादुर रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनीहरूले गएको शुक्रवार दुुई वटा सामुदायिक वनमा आगो लगाएका थिए । तीन दिनसम्म निरन्तर लागेको आगो प्रहरी र स्थानीयवासीले निभाएका थिए ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयकासूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । चैत महिना लाग्नासाथ रामेछापका सामुदायिक वनहरूमा आगलागीका घटना बढेका छन् ।

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया