पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कारबाही सुरु भएको जानकारी गराउदै लाग्दा कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आफुहरुले प्रतिनिधिसभा नियमावलि अनुसार संसद सचिवालयमा दर्ता गरेको डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा राख्न माग गर्नुभयो । उहाँले त्यो प्रस्ताव कार्यसूचीमा नराखिएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।
प्रतिनिधिसभा नियमावली ७१ को ३ अनुसार सम्बन्धित मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिदै सदन संचालन गर्न दिन पटक–पटक गरेको आग्रहलाई प्रतिपक्षी दलका सांसदहरुले अस्वीकार गरी उभिएका थिए ।
डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि काम गरिरहेको र अहिले उहाँको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले त्यस विषयको छलफललाई प्राथमिकता दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुख महराले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।