४ नम्बर प्रदेशको नाम ‘गण्डकी’ घोषणा हुँदै, दीपावलीका लागि नेकपाको आह्वान

 असार २२, २०७५ शुक्रबार १४:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – चार नम्बर प्र्रदेशको नाम आज ‘गण्डकी’ घोषणा हुँदैछ । त्यसको लागि अहिले प्रदेश संसदको बैठक चलिरहेको छ । बैठकमा १६ जना प्रदेश सांसदले बोल्नको लागि नाम दर्ता गरेका छन् । 

आधाभन्दा बढी संसदले बोलिसकेका छन् । सांसदहरुले बोल्ने क्रम सकिएपछि गण्डकी प्रदेशको नाम निणायार्थ पेश गरिने कार्यक्रम प्रदेश संसद सचिवालयले जनाएको छ । 

गण्डकी प्रदेशको पक्षमा प्रदेशसभामा रहेका ५९ मध्ये ५८ प्रदेश सांसद रहेको बताइएको छ । नयाँ शक्तिका २ जना बाहेक अन्य सबै प्रदेश सांसदहरु गण्डकी नामको पक्षमा रहेका छन् । प्रदेशको राजधानी र नामांकनको लागि गठित समितिले बुझाएको प्रतिवेदनको आधारमा दलहरु गण्डकी प्रदेश नाम राख्न सहमत भएका हुन् ।  

यसैबीच प्रदेश नम्बर ४ को नाम सर्वसम्मत गण्डकी राख्न सफल भएको उपलक्ष्यमा विजयोत्सव मनाउन र दीप प्रज्ज्वलन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको छ ।

नेकपा प्रदेश नम्बर ४ का स्थानीय पार्टी कमिटीहरुको एकता कार्यदल प्रमुख किरण गुरुङले केही बेरअघि विज्ञप्ति निकालेर आफ्ना पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन तथा जनसमुदायलाई यस्तो आहृवान गर्नुभएको छ । 

तर पोखरामा रहेका गुरुङ्ग, मगरलगायतका आदिवासी समुदायले यसको विरोध गरेका छन् । उनीहरुले यस प्रदेशको नाम तमुवान–मगरात राख्ने माग गरेका छन् । त्यसको लागि तमुवान–मगरात संघर्ष समिति नै घोषणा गरी आन्दोलन सुरु गरेका छन् ।

प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गण्डकी प्रदेशको लागि पहल गरेको आरोपमा उहाँलाई सामाजिक बहिष्कार गर्ने घोषणा समेत गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया