सुनकोशीमा बेपता भएका दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि

 असार ८, २०७६ आइतबार २०:१४:२७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - माछा मार्ने क्रममा बेपता भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका उदयपुरका २ विद्यार्थीको कुशकाे शव बनाएर अन्त्येष्टि गरिएको छ ।

गएकाे बुधवार लिम्चुङबुङ गाउँपालिका-१, बाँसबोटेमा रहेकाे बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षीय आशन भनिने (देव कुमार राई) र १३ वर्षीय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुबेर वेपत्ता भएका थिए ।

शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पनि लाश फेला नपर्दा शनिबार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको हाे ।

अन्तिम संस्कार गरे पनि प्रहरीले स्थानीयको सहयोगमा शवकाे खोजी रहेको बताइएकाे छ । बेपत्ताको खोजीका लागि ज्यामिरे दोभानदेखि सुनसरीको चतरासम्मका उदयपुरसहित छिमेकी जिल्ला खोटाङ, भोजपुर र सुनसरीका मताहतका प्रहरी इकाइहरु पनि परिचालन गरिएका छन्। आसन भनिने (देवकुमार) एसईई दिएर बसेका विद्यार्थी हुन् भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया