रोनाल्डो किन्ने होडमा म्यानचेस्टर युनाइटेड पनि

 असार २२, २०७५ शुक्रबार १५:९:३५ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडले रोनाल्डो बेच्ने मनसाय व्यक्त गरेपछि म्यानचेस्टर युनाइटेडले पूर्व खेलाडीलाई क्लबमा फिर्ता ल्याउन पहल सुरु गरेको छ ।

इटालियन जायन्ट युभेन्टससँगको छलफल अन्तिम चरणको अवस्थामा इंग्लिस महारथी युनाइटेडले पनि चासो देखाएको छ । युनाइटेडले रोनाल्डोका लागि युभेन्टसभन्दा पनि बढी मूल्य खर्च गर्ने खुलासा भएको छ ।

युभेन्टसले एक सय मिलियन युरोको प्रस्ताव अघि सारिसकेको अवस्थामा युनाइटेडका उपाध्यक्ष एड उडवार्डले भने रकमको अध्ययन भइरहेको बताएका छन् ।

रोनाल्डोलाई हप्तामा पाँच लाख पाउण्ड तिर्न युनाइटेडलाई कुनै दुविधा नहुने बताइएको छ । सन् २००९ मा रोनाल्डोले रियल मड्रिडका लागि म्यानचेस्टर युनाइटेड छाडेका थिए । तर प्रशिक्षक होजे मौरिन्होसँग रोनाल्डोको सम्बन्ध राम्रो छैन । त्यसको विषयमा पनि युनाइटेडलाई चिन्ता छैन । युनाइटेडले यसअघि ग्यारेथ बेलको अनुबन्धका लागि पहुँच बढाए पनि रियल मड्रिडले त्यसमा कुनै वास्ता गरेको छैन ।

ब्राजिलियन स्टार विलियनलाई अनुबन्ध गर्न चासो देखाए पनि चेल्सीले दावी गरेको ७० मिलियन पाउण्ड तिर्न युनाइटेड तयार नरहेको बुझिएको छ । जर्सी र अन्य प्रायोजन सम्झौताबाट समेत कमाउन सक्ने भएकाले युनाइटेडले प्रतिष्ठित खेलाडी अनुबन्ध गर्न चासो देखाएको हो ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया