पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ ।
डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार ससंदको बैठक दोस्रो पटक अवरुद्ध गरेको हो ।
प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकको कारबाही सुरु भएको जानकारी गराउन नपाउँदै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्रप्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेसम्म बैठक चल्न नदिने बताउनुभयो । उहाँले डाक्टर केसीको अनसनतर्फ सिंगो देशको ध्यानाकर्षण भए पनि सरकारले बेवास्ता गरेको टिप्पणी गर्नुभयो ।
माग सम्बोधन हुने गरी विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न बडुले माग गर्नुभयो । उहाँले डाक्टर केसीको जीवन रक्षाको माग गदैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएसम्म आफूहरु उभिन बाध्य हुने बताउनुभयो । उहाँले संसद र सांसदमा उठेको सार्वजनिक महत्वको विषयमा सरकार गैरजिम्मेवार र गैरजवाफेही बन्न नमिल्ने भन्दै सदनप्रति सरकारलाई जवाफदेही बनाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख महराले महत्वपूर्ण विषयप्रति सरकारलाई ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसूचीमा राखिने आश्वासन दिएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गते १ बजे सम्मका स्थगित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।