धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
अछाम - नेकपा विप्लवले गरेकाे आगजनीबाट अछाममा दुईवटा वडा कार्यालय ध्वस्त भएका छन ।
पञ्चदेवल विनायक नगरपालिका–३ को वडा कार्यालय र ढकारी गाउँपालिका ५ को वडा कार्यालय विप्लव समूहले गरेकाे आगजनीबाट ध्वस्त भएका हुन् ।
पञ्चदेवल विनायक–३ को वडा कार्यालयमा आगलागीबाट कार्यालयमा रहेका सामग्रीहरु जलेर नष्ट भएका छन । वडा कार्यालयका कागजातहरु जलेर नष्ट भएको अछाम प्रहरीले बताएको छ । मंगलबार बिहान २ बजेको समयमा भएको आगजनीबाट कम्प्यूटर, फर्निचर र कागजातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो । ‘घटनास्थलमा पेट्रोल हालिएको बोतल भेटिएको छ’, घटनास्थल पुगेका प्रहरी निरीक्षक कलेन्द्र शाहीले भन्नुभयाे, ‘घटनाको छानबिन कार्य सुरु भएको छ ।’
यस्तै ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको वडा कार्यालयमा पनि मंगलबार बिहान ४ बजेतिर भएको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको छ ।
आगलागीबाट वडा कार्यालयसहित भित्र रहेका सम्पूर्ण सामान र कागजात नष्ट भएको प्रहरीले जनाएको छ । वडाले स्थानीय गगन थापाको २ तले घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियाे ।
प्रारम्भिक अनुसन्धानबाट दुवै आगलागीका घटनामा प्रतिबन्धित विप्लव समूहको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । हालसम्म घटनाको कुनै पक्षले पनि जिम्मेवारी भने लिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।