अछाममा ट्रयाक्टर दुर्घटना : ३ जना विद्यार्थीको ज्यान गयो, ४ घाइते

 असार ११, २०७६ बुधबार ८:५९:४५ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकट  मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको छ ।

से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।

ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बिस्तृत बिवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया