तेह्रथुम–पाँचथर जोड्ने तमोर नदीको लुमुघाटमा मोटरेबल पुलको प...
पुस ८, २०८१ सोमबार
कंगोलाई हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टले कंगोलाई २–० ले हरायो ।
घरेलु टिम इजिप्ट यसअघिको संस्करणमा क्यामरुनसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा लगातार दुई जित निकाल्दै इजिप्टले अन्तिम १६ मा सुरक्षित गरेको छ ।
इजिप्टको जितमा अहमेद एल मोहमदी र मोहम्मद सलाहले एक–एक गोल गरे । २५औं मिनेटमा मोहमादीले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । ४३औं मिनेटमा सलाहले गोल गरेपछि पहिलो हाफ सकिनुअघि इजिप्टले २–० को अग्रता लियो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसक्दा इजिप्ट विजयी भयो ।
समूह ए कै अर्को खेलमा युगान्डा जिम्बावेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १२औं मिनेटमा इम्मानुयल ओक्वीले गोल गर्दा युगान्डाले अग्रता थियो । ४०औं मिनेटमा खामा विलियातले गोल गरेपछि खेल बराबरीमा पुग्यो । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।