उल्टाे मन्त्र पढेर श्रीमती र बुहारीको ज्यान लिएको भन्दै झाँक्रीकाे हत्या: आराेपित पक्राउ

 असार १२, २०७६ बिहिबार १७:२:१४ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको राजापुरमा एक साता अघि  भएकाे हत्या आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्या आराेपमा पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका-३, नङ्गापुरका ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु रहेका र उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको बताइएकाे छ । 

गएकाे असार ४ गते राति १२ बजे आफ्नै टोलका ५५ वर्षीय जयराम थारुको हत्या गरेको भनी दोदलाल थारुमाथि उजुरी परेपछि प्रहरीले थारुलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत जानकारी गराएएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदन महराले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार रुढीवादी सोचका कारण जयरामको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा प्रयोग गरिएको धारिलो हतियार तथा घाँस टुक्रा पार्ने घरेलु हतियार गरसा समेत बरामद गरिएको उहाँले बताउनुभयो ।

गाउँमा गुरुवा ९धामी झाँक्री० काम गर्दै आएका मृतक थारुले उल्टो मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको बयान हत्या आरोपमा पक्राउ परेका दोदलाल थारुले दिएको डीएसपी भारतीले जानकारी दिनुभयो ।

एक महिनाभित्र श्रीमती र बुहारीको मृत्यु भएको र आफ्नो पनि पेट फुल्ने समस्या भएपछि गुरुवाले नै समस्या गराएको र आफूलाइ पनि मार्छ कि भन्ने डरले बदला लिन हत्या गरेको थारुले बयानमा बताएको  डिएसपी महराले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया