युवतीमाथि सिरिन्ज आक्रमणको अभियोगमा एक जना पक्राउ, सिरिन्ज नभई किलाले प्रहार गरेको दावी

 असार १३, २०७६ शुक्रबार ७:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् ।

प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

केही दिनअघि काठमाण्डौका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Nayandra

    June 28, 2019, 7:48 a.m.

    Cangratulation to Nepal Police

  •  0 Reply

तपाईको प्रतिक्रिया