काठमाण्डाैमा 'सुई आतंक' मच्चाउने यिनै हुन्

 असार १३, २०७६ शुक्रबार १४:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीले काठमाण्डाैको विभिन्न स्थानमा ‘सुई आतंक’ मच्चाउने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाण्डाैले काठमाण्डाैको स्वयम्भू र सोह्रखुट्टे एरियामा युवतीहरुलाई जथाभावी सुई घोच्दै हिँडने रामेछापका सन्तोष कार्कीलाई बिहीबार राति १० बजेतिर महाराजगञ्जबाट पक्राउ गरी शुक्रबार बिहान पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

पीडित युवतीहरुले दिएको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाण्डाैका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

काठमाण्डाैको महाराजगञ्जमा आफ्नै दाजुसँग मिलेर रेष्टुरेन्ट सञ्चालन गर्दै आएका कार्कीले बेलुका नौ बजेतिर आफ्नो रेष्टुरेन्टबाट फर्कने क्रममा स्वयम्भू र सोह्रखुट्टे क्षेत्रमा एकान्तमा भेटिएका महिलाहरुमाथि काठको छेस्को वा धलौटको काटीले घोच्ने गरेको उनको प्रारम्भिक बयानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।

नैकाप बस्दै आएका कार्कीले प्रयोग गर्दै आएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

केही दिन अघिदेखि विभिन्न समाचार माध्यम र सामाजिक सञ्जालमा समेत यो घटनाले सनीसनी मच्चाएपछि प्रहरीले पीडित युवतीको उजुरीको आधारमा खोजतलासको कामलाई तीव्रता दिएको थियो ।

यस घटनामा हालसम्म कार्कीको मात्रै संलग्नता रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कमल प्रसाद भट्टराई

    June 28, 2019, 2:51 p.m.

    अपराधि भनेर संका गरि हिरासतमा लिईसकेको मानिसको फेस मास्क हटाएर सार्वजनिक गर्दा हुने वा नहुने कानुनि प्राबधान के छ होला ? यदि फेस मास्क हटाएर सार्वजनिक गर्न मिल्छ भने प्रहरिले सधैं सबैलाई तेसै गर्नेगरे राम्रो हुने थियो जस्तो लाग्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया