प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीको हत्या गरेको आरोपमा महिला पक्राउ

 फागुन १५, २०८१ बिहीबार १८:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – धनुषामा प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीको हत्या गरेको आरोपमा महिला पक्राउ परेकी छन् ।

कमला नगरपालिका–६ का ३३ वर्षीय शाहिद अन्सारीको हत्या गरेको आरोपमा मिथिला बिहारी–६ की २४ वर्षीया अनिताकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको हो । अनिताका श्रीमान राजकिशोर यादव भने अन्सारीको हत्यापछि वैदेशिक रोजगारीका लागि साउदी पुगेका छन् ।

कतारमा कार्यरत अन्सारीलाई अनिताले नै उनकाे श्रीमती बिरामी रहेको भन्दै नेपाल बोलाएकी थिइन् । श्रीमतीको उपचार गर्न नेपाल आएका अन्सारी घर नगई मङ्सिर २६ गते सीधै अनिताको घरमा गएका र अनिताले कोठामा बन्धक बनाएर मङ्सिर २७ गते हत्या गरेकाे प्रहरीको दाबी छ ।

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया