एपीएफलाई हराउँदै आर्मीकाे लगातार पाँचाैं जीत
चैत ४, २०८१ सोमबार
कपिलवस्तु – कपिलवस्तुको छुट्टाछुट्टै दुई ठाउँमा २ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मायादेवी गाउँपालिका वडा नं. ४ ठूलो गौरामा खेतमा रहेको पानी पोखरीमा शुक्रबार दिउँसो एक जनाको शव फेला परेको हो । त्यो शव सानो गौराका १७ वर्षीय बृजेश कलवारको रहेको प्रहरीले जनाएको छ । कलवार गएको बुधबारबाट सम्पर्कविहीन थिए ।
यसै गरी जिल्लाको विजयनगर गाउंपालिका वडा नं. ५ देवीपुरस्थित खेतमा एक वृद्धको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो शव विजयनगर गाउँपालिका वडा नं. ७ मध्यनगरका ७१ वर्षीय कर्पु कोरीको रहेको छ ।
दुवै घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।