घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
इलाम– विदेशबाट फर्किएर व्यवसाय गरिरहेकालाई इलाम नगरपालिकाले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।
नगरपालिकाको पाँचौ नगर सभाले ७ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम ल्याएको हो । कार्यक्रम अन्तर्गत ऋण लिने व्यवसायी वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा व्यवसाय गरीरहेको भए एक वर्षको व्याजमा एक प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ ।
समूहगत धितोमा व्यवसायीले एक लाख रुपैयाँसम्म ऋण पाउनेछन् भने नगरपालिकाभित्रको सेयर सदस्य वा उद्योग वाणिज्य संघको सदस्य भएमा सम्बन्धित संस्थाको सिफारिस र जमानतमा थप एक लाख रुपैयाँ गरी दुई लाखसम्म ऋण पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
व्यवसायमा युवालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख महेश बस्नेतले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।