च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा कामका आधारमा गरिने विभेदको अन्त्य गरिनुपर्नेमा जोड दिइएको छ ।
‘कार्यसंस्कृति र मर्यादित श्रम’ विषयको छलफलमा सहभागीले श्रमको सम्मान गर्ने व्यवस्थालाई अनिवार्य गर्न नसकिए नेपाली युवा विदेशिने क्रम रोक्न कठिनाइ हुने बताएका हुन ।
श्रम क्षेत्रलाई व्यवस्थित बनाउन प्रशस्त सम्भावना भए पनि अनुसन्धानमूलक दस्तावेज निर्माण गरिनु आवश्यक भएको सहभागीको भनाइ थियो ।
खाली सिसी संस्थाका संस्थापक आयुषी केसीले कामका आधारमा विभेद गरिने प्रचलन अझै कायम रहेको उल्लेख गर्दै कामको सम्मान गर्ने अवस्था सिर्जना गरिनुपर्ने बताउनुभयो ।
यस्तै उद्योगी त्रिचन्द्र भट्टराईले पनि श्रमका आधारमा गरिने विभेदलाई कानूनले वञ्चित गरे पनि अझै पनि व्यवहारमा विभेद कायमै रहेको बताउनुभयो । कार्यसंस्कृतिमा परिवर्तन ल्याउनु आवश्यक भएकोमा जोड दिँदै उहाँले कामलाई सानो र ठूलोका आधारमा हेर्न नहुने बताउनुभयो ।
सहजकर्ता सांसद विन्दा पाण्डेले नीतिगत व्यवस्था भए पनि कार्यान्वयन गर्ने संस्थागत संरचना दरिलो नहुँदा श्रमको सम्मान गर्ने संस्कार बढ्न नसकेको बताउनुभयो।
सहभागीले काम गर्ने संस्कृतिको विकास गर्न र श्रमलाई सम्मान गर्न शिक्षा प्रणालीनै परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । देशमा राजनीतिक परिवर्तन आए पनि काम गर्ने संस्कृति र श्रमको सम्मान गर्ने प्रवृत्तिमा परिवर्तन आउन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।