अल्पायुमै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व : नेकपा अध्यक्ष दाहाल

 असार १७, २०७६ मंगलबार १६:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भए पनि प्रकाश दाहालको योगदान अभूतपूर्व रहेको बताउनुभएको छ । 

३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गर्नुभएको हो । उहाँले ३६ वर्षको छोटो उमेरमा नै आकस्मिक निधनले परिवार ,पार्टी र सिंंगो देश नै स्तब्ध भए पनि छोटो समयावधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व रहेको टिप्पणी गर्नुभयो ।

उहाँले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तीतामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको बताउनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासँग जोडिएका कथा ब्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताउनुभयो । उहाँले श्रीमान प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्रको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ हुनुहुन्छ। 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया