महोत्तरीमा लाखौँको लुटपाट, एक जना पक्राउ

 असार १९, २०७६ बिहिबार ९:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – बर्दिवास नगरपलिका–६ र ७ प्रेमनगरमा एक समूहले क्रमबद्ध दुई वटा घरमा डकैती गरेको छ । बुधबार राति १०/११ जनाको समूहमा आएको लुटेराको समूहले दुई वटा घरमा सुनचाँदी र नगदसहित १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो ।

बर्दिबास नगरपालिका– ७ का रामसुनार महतो र वडा नम्बर ६ का चन्देश्वर महतोको घरमा लुटपाट गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

लुटेरामध्ये एक जना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला चन्द्रपर नगरपालिका घर भएका ४० वर्षीय देवनरायण कापड रहेको प्रहरीले जनाएको छ ।

लुटेराहरु भाग्ने क्रममा स्थानीय बासिन्दाले समात्ने प्रयास गरेका थिए । कापडलाई स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । लुटेराहरुलाई समात्ने प्रयास गर्दा चन्दनेश्वर महतोकी श्रीमती जेयवती देवी र छोरा उमेश महतो घाइते भएका छन् ।

यस्तै पक्राउ परेका लुटेरालाई स्थानीयले कुटपिट गरेका कारण स्वास्थ्य अवस्था गम्भीर भएकाले बर्दिबासको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया