ठूलो ट्रक बीच सडकमा बिग्रँदा नागढुंगामा गाडीको जाम

 असार १९, २०७६ बिहीबार ९:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुंगामा गाडीको लामो जाम छ ।  नागढुंगा नजिकै सिक्रेखोलामा १८ चक्के गाडी बिग्रिएकाले बिहान ६ बजेदेखि नै नागढुंगा सडकखण्डमा जाम भएको छ ।

ट्राफिक प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौ आउँदै गरेको ठूलो ट्रक बीच सडकमै बिग्रिएकाले बाटो खुलाउन समस्या भएको छ । अहिले आलोपालो गरेर गाडी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अझै केही घण्टा यो सडकखण्डमा जाम हुने ट्राफिक प्रहरीले जनाएको छ । जामका कारण काठमाण्डौ प्रवेश गर्ने गाडीको लाइन खानीखोलासम्म र काठमाण्डाैबाट छुटेका गाडीको लाइन नागढुंगासम्म छ । 

काठमाण्डौ प्रवेश गर्ने यो मुख्य सडकखण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया