आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणदेखि आंशिक बदलीको अवस्था छ । तराई मधेशमा भने हुस्सु लागेको र बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको हुनसक्ने सम्भावना पनि छ ।
यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । हिउँदयामको अन्तिममा अस्तिदेखि पश्चिमी वायु सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको हो । हिउँदेयामको अन्तिम दिन हिजो देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे छ ।
गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेकाे छ । आज वर्षा कम हुने र बेलुकादेखि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् हरिप्रसाद दाहालले बताउनुभएको छ । उहाँका अनुसार भोलिदेखि मौसममा पूर्णरूपमा सुधार हुनेछ । आजदेखि प्रि–मनसुन शुरू भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।