वीरगञ्जको वनस्पती उद्योगमा भीषण आगलागी

 असार २१, २०७६ शनिबार ८:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – शनिबार बिहान पर्सामा भीषण अगालागी भएको छ । 

वीरगञ्ज महानगरपालिका–२१, लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा शनिबार बिहान ३ बजेदेखि आगलागी सुरु भएको हो ।

अहिलेसम्म पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली खटिएको छ । 

आगो निभाउन वीरगञ्ज महानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकलले प्रयास गरिरहेका छन् । आगलागी कसरी भयो भन्नेबारेमा अहिलेसम्म केही नखुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया