हिरासतबाटै तीन जना थुनुवा फरार

 असार २४, २०७६ मंगलबार ११:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका तीनजना भागेका छन् । उनीहरु सोमबार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।

उनीहरुको खोजी भैरहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया