झण्डै ३३ लाख रुपैयाँ अवैध पैसासहित अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

 असार २४, २०७६ मंगलबार १८:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विमानस्थलबाट एक जना व्यक्ति अवैध मुद्रासहित पक्राउ परेका छन् । 

हङकङको राहदानीवाहक पासाङ याल्मो तामाङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले झण्डै ३२ लाख रुपैयाँ बराबरको अवैध मुद्रासहित पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्ष चेक गर्ने बेलामा तामाङको साथबाट २९ हजार ९ सय ५० अमेरिकी डलर(झण्डै ३२ लाख ८४ हजार नेपाली रुपैयाँ) र तीन सय ७० हङकङ डलर अवैध रकमसहित पक्राउ गरिएको हो । 

तामाङलाई अवैध रुपमा बाहिरी देशमा पैसा लैजान लागेको अवस्थामा पक्राउ गरिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया