‘डीएसपी हुँ’ भनी ठगी गर्दै हिँड्ने व्यक्ति पक्राउ

 असार २६, २०७६ बिहिबार १७:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रहरीको डीएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई थानकाेट प्रहरीले बिहीबार पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङ जिल्लाकाे धुनिबेसी नगरपालिका वडा नं-२ घर भएका ३८ वर्षीय राजेन्द्र प्रसाद लुईँटेल रहेकाे प्रहरीले जनाएकाे छ । लुईँटेललाई महानगरीय प्रहरी वृत्त थानकोट बाट प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-७, सितापाइलाबाट पक्राउ हाे ।

पक्राउ परेका लुईँटेल सशस्त्र प्रहरीको भगौडा रहेकाे प्रहरीले जनाएकाे छ । उनले चन्द्रागिरी नगरपालिका-३ बस्ने बिजय तामाङलाई आफू सीआईबीकाेडीएसपी भएकाे, आफ्नाे सेक्युरिटि कम्पनी रहेको र कम्पनीमा पाँच प्रतिशत शेयर हाल्न चाहिने १ लाख ६० हजार रुपैयाँमध्येकाे रकम माग्दै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।

उनकाे साथबाट साथबाट रेडियो सेट थान १, त्यसकाे को चार्जर थान १ र १० हजार रुपैयाँ पनि बरामद गरिएकाे छ भने ठगी मुद्दामाअनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया