उदयपुर गोल्डकपको उपाधि तेस्रोपटक थ्रिस्टारलाई

 जेठ ५, २०७५ शनिबार २०:४१:५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर, जेठ ५ – उदयपुर  गोल्डकपको पाँचौ संस्करणको उपाधि थ्री स्टारले जितेको छ । शनिबार भएको फाइनलमा मनाङमस्र्याङदीलाई १–० ले हराउँदै थ्रिस्टारले उपाधि उचालेको हो ।

थ्रिस्टारको जितमा अजय मार्टिनले १८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै थ्रीस्टार तेश्रोपटक उदयपुर गोल्डकपको च्याम्पियन बनेको हो । थ्रिस्टारले उपाधिसँगै ५ लाख रुपैया पाएको छ भने मनाङले ३ लाख रुपैयामै चित्त बुझायो ।

खेलको दोस्रो हाफमा थ्री स्टारका मार्टिन र मनाङका विमल बस्नेतबीच विवाद भएपछि दुवैले रातो कार्ड पाएका थिए । खेलाडीको विवादका क्रममा दर्शकले पनि विवाद गर्दा प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो । 

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी  थ्री स्टारका पिटर सैगुनले ५० हजार रुपिँया पाए । यस्तै उत्कृष्ट डिफेण्डर थ्री स्टारका विजय धिमाल, उत्कृष्ट मिडफिल्डर थ्रिस्टारकै रुपेश केसी, उत्कृष्ट प्रशिक्षक थ्रिस्टारका मेघराज केसी, सर्वाधिक गोलकर्ता थ्रिस्टारका अजय मार्टिन र उत्कृष्ट गोलकिपर थ्रिस्टारका ऐलेन न्यौपाने र उदीयमान खेलाडी उदयपुर ११ का प्रचल चौधरी, भए । उनीहरुले जनही १०/१० हजार रुपैयाँ पाए । गएको शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागि थिए । 

अन्तिम अपडेट: फागुन २८, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया