न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
सुनसरी – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ ।
अहिले कोशीमा एक लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ ढोका खुल्ला गरिएको छ ।
यस्तै, इटहरी विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।
पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ ।
यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।