त्रियुगा बाँध अपडेट: डुबानमा पर्ने घर संख्या २ सय नाघ्याे, उद्धार कार्य जारी

 असार २८, २०७६ शनिबार १४:३५:५ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - चार दिनदेखिकाे अविरल वर्षाका कारण त्रियुगा नदीले तीन ठाउँमा बाँध फुटाएर बस्तीमा पस्दा करिब २ सय घरका २ हजारभन्दा बढी मानिस डुबानमा परेका छन् ।

सप्तकोशी‍मा आएको बाढीका कारण त्रियुगा नदीको पानीको निकास नहुँदा बेलका नगरपालिका-१, अम्बासीमा बाँध फुटेर नगरपालिकाको अम्बासी, पुरन्दह, भागलपुर, बेलहा, करैया, चन्द्रपुरलगायतका गाउँमा पसेको स्थानीयले बताएका छन्।

फत्तेपुर पुल र चन्द्र नहरको बीचमा बाँध फुटाएर बस्ती पसेको इलाकाप्रहरी कार्यालय रामपुरका इन्चार्ज नविनकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार डुबानमा फसेका झण्डै २ सय ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

घरहरुमा झण्डै ७–८ फिटसम्म पानीजमेको छ, उहाँले भन्नुभयो, डुबानमा परेकाहरुको अन्नपात र लत्ताकपडा बगेकाले नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीले राहतका बाँडने तयारी गरेका छन् ।

यस्तै त्रियुगा नदीले चौदण्डीगढी नगरपालिका-५, बेल्हामा बाँध फुट्दा १० घर परिवार सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले उद्धारको प्रयास जारी राखे पनि पानीको बहावले समस्या उत्पन्न भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगाराम पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया