पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - भिमफेदी गाउँपालिका र हेटौंडा-५ का सम्पूर्ण विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ ।
लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौंडा-५ का सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो ।
भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरु आइतबारदेखि २०७६ मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थीहरु बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दि सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछि बिदा दिनुपरेको उहाँकाे भनाइ छ ।
यसैगरी हेटौंडा-५ का अधिकांश विद्यालयहरु लगातारको वर्षाका कारण डुबानमा परेका छन् । पानी कम भए पनि विद्यालय भित्र सफा गर्नुपर्ने र झरीको समस्या अझै नटरेकाले विद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले बताउनुभयो ।
हेटौंडाका १९ वटा वडाको तुलनामा-५ नम्बर वडामा लगातारको वर्षाका कारण बढी डुबान भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।