सगरमाथा आरोहणको ७० वर्ष : साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा
जेठ १५, २०८० सोमबार
आईसीसी एक दिवसीय विश्वकपको फाइनलमा न्यूजिल्याण्डलले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४१ रन बनायो । न्यूजिल्याण्डका लागि हेनरी निकोल्सले सर्वाधिक ५५ रन बनाए । उनले ७७ बलमा ४ चौकाको सहयोगमा ५५ रन बनाएका हुन् । त्यस्तै टम लाथमले ४७ रन बनाउँदा कप्तान केन विलियम्सनले ३० रन बनाए । त्यस्तै ओपनिङ ब्याट्सम्यान मार्टिन गप्टिल मात्र १९ रनमा आउट भए ।
इंग्ल्याण्डका लागि क्रिस वाेक्स र लायम प्लंकेटले ३–३ विकेट लिए । त्यस्तै मार्क वुड र जोफ्रा आर्चरले एक–एक विकेट लिए ।
केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ बर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकाका खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भएका हुन् ।
विलियम्सन एकै विश्वकपमा धेरै रन बनाउने पहिलो कप्तान बनेका छन् । आजको खेलपछि उनले १० पारी कुल पाँच सय ७८ रन बनाएका छन् जयबर्दनेले २००७ को विश्वकपमा सो रेकर्ड बनाएका थिए ।