गुल्मीमा विप्लव समूहका दुई जना विद्यार्थी नेता पक्राउ

 असार ३०, २०७६ सोमबार ११:४५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिनुभयाे । 

सोमबार बिहान सदरमुकाम तम्घासमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयमा संगठन बिस्तारका क्रममा रहेका उनीहरुलाई विद्यालय परिसरबाट पक्राउ गरिएकाे खड्काले बताउनुभयाे । 

उनीहरु विद्यालयमा संगठन बिस्तार गर्न सोमबार बिहान विद्यालय पुगेका थिए । पक्राउ परेका विद्यार्थी नेताहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया