देशभर सामान्यदेखि आंशिक बदली, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

 साउन २, २०७६ बिहिबार ८:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कमजोर भएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहीबार सामान्यदेखि आंशिक बदलीको सम्भावना भए पनि स्थानीय वायुको असरले कुनै कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

महाशाखाले बिहीबार देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरेको छ । मनसुनी गतिविधिमा स्थानीय वायु मिसिएकाले काठमाण्डौ उपत्यकाका साथै मध्य र पूर्वका केही ठाउँमा बिहीबार बिहानै ठूलो पानी परेको मौसमविद् अर्यालले बताउनुभयो । 

बिहीबार राति पनि देशका केही भूभागका पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधिसँगै स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो वर्षा हुँदा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा खोला तथा नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना पनि रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया