पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बिहीबार मातहतका ४ वटा सरकारी कार्यालयको आकस्मिक छड्के अनुगमन गर्नुभएको छ ।
सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा र स्वाथ्यसम्बन्धी चार कार्यालयमा अनुगमन गरिएकाे थियो । अनुगमनका क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारी उपस्थित थिए भने केही कार्यालयमा थोरै मात्र कर्मचारी हाजिर भएका थिए । अनुगमनका क्रममा कार्यालय नआउने कर्मचारीको हाजिरीमा रातो चिन्ह लगाइएकाे थियाे ।
बिहीबार बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा छड्के अनुगमनमा पुग्दा दुई जना कार्यालय सहयोगी र एक जना अधिकृत मात्र भेटिएका थिए । त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अञ्चल आयुर्वेदिक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को कार्यालय हेटौँडामा अनुगमन गर्नुभएको थियाे । अनुगमनका क्रममा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरबन्दीमा कर्मचारी समायोजनपछि पनि धेरै कर्मचारी हाजिर हुनै नआइसकेको पाइएको छ ।
कार्यालयका एक जना कर्मचारीबिना जानकारी अनुपस्थित, एक जना भने जानकारी गराएर बिदामा बसेको पाइएको मन्त्री दुलालले जानकारी दिनुभयो ।
यसैगरी आयुर्वेदिक औषधालयमा ३ जना कर्मचारी बिदामा बसेका र अरु सबै कर्मचारी कार्यालयमा उपस्थित रहेका छन् । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भने कार्यालयका सबै कर्मचारी भेटिएको उहाँले बताउनुभयो ।
यसैगरी शिक्षा विकास निर्देशनालयमा कार्यालय प्रमुखदेखि तल्ला तहका सबैजसो कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । कार्यालयमा हाजिर रजिष्टर अनुसार ८ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री दुलालले अनुगमनमा पुग्नेबित्तिकै सबै हाजिर रजिष्टर हेरेर नआउने कर्मचारीको हाजिरीमा रेजा लगाउँदै नियमित आउनका लागि निर्देशन समेतदिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।