गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख ७, २०८१ शुक्रबार
कालिकोट – बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
कालिकोटको जितेगडाबाट बाजुराको पिलुचाैरका लागि छुटेको राराकर्णाली यातायातकाे क १ ज २१ नम्बरको जीप बाजुराको जगनाथ गाउँपालिकाको भुक्का खाेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ अहिले प्रहरीको टोली गइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।