धनगढी विस्फोट अपडेट : घाइते होटेल सञ्चालक नेपालगञ्ज रेफर

 साउन ३, २०७६ शुक्रबार १४:१८:२४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका होटेल सञ्चालकलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । 

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका होटेल सञ्चालक केशवराज पाण्डेयलाई थप उपचारका लागि शुक्रबार नेपालगञ्ज रेफर गरिएको हो । बम विस्फोटबाट घाइते भएर धनगढीकै माया मेट्रो अस्पतालमा उपचार गराइरहनु भएका पाण्डेयको टाउकोमा बढी चोट लागेका कारण थप उपचारका लागि पठाइएको हो । 

घटनामा परि घाइते भएका अन्य तीन जनाको भने माया मेट्रो अस्पतालमा नै उपचार भइरहेको छ । बम विस्फोटमा परेर बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ का राम सिंहको उपचारका क्रममा ज्यान गएको थियो । राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा गए राति ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले उज्यालोलाई बताउनुभयो ।  

विस्फोटमा परि ज्यान गुमाउने राम सिंह आफ्ना कार्यकता भएको नेकपा विप्लव सेती–महाकाली ब्यूरोका इञ्चार्जले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: फागुन २९, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया