बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण बदली र वर्षाको सम्भावना

 साउन ५, २०७६ आइतबार ८:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार बिहान देशका पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ । पूर्वका केही भूभागमा हलुका वर्षा भैरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो पनि देशका धेरैजसो भूभागका सामान्य वर्षा हुने अनुमान छ ।

यस्तै, आइतबार राति देशको पूर्वी भूभाागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आइतबार राति पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले जानकारी दिएका छन् । 

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले सोमबारदेखि पानी पर्ने क्रम बिस्तारै बढ्दै जाने मौसमविद्हरुको अनुमान छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया