मौद्रिक नीति सार्वजनिक हुँदै, बिग मर्जर प्राथमिकतामा, ब्याजको उथलपुथल नियन्त्रण गरिने

 साउन ८, २०७६ बुधबार ११:३६:२६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बुधबार दिउँसो ४ बजे नीति सार्वजनिक हुने उज्यालोलाई जानकारी दिनुभयो । अहिले बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिइरहेको छ । 

यस पटकको नीतिले ठूला बैंक गाभ्ने अर्थात् 'बिग मर्जर' लाई विशेष प्राथमिकता दिनेछ । त्यसको लागि मौद्रिक नीतिमै केही सहुलियतको व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उथलपुथल भैरहने ब्याजदर नियन्त्रणको लागि पनि केही विशेष व्यवस्था आउनेछ । 

यस्तै नीतिले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने व्यवस्था गर्नेछ । वर्तमान गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हुनेछ । उहाँले ८ महिनापछि अवकाश पाउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया