जंगली च्याउ खाएर दाङमा ६ जना बिरामी

 असार २५, २०७५ सोमबार १३:११:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – जंगलबाट ल्याएको च्यादा खदा दाङमा ६ जना बिरामी परेका छन् । च्याउ खाएर घोराही उपमहानगरपालिका वडा नम्बर ९ दुवीचौर र खैरा गाउँका ६ जना बिरामी परेका छन् ।

खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उहाँकै देउरानी ४० वर्षीय हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ ।

दुवै जनाको बाँकेको कोहलपुर  मेडिकल कलेजमा उपचार भैरहेको छ । आइतबार बेलुका च्याउ खाएपछि उनीहरु बिरामी भएका हुन् । च्याउ खाएर विरामी परेका मध्ये दुविचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचार पछि गए राति नै घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया