बलात्कार आरोपमा नेयमारले पाए छुटकारा

 साउन १४, २०७६ मंगलबार १२:३७:२४ | एजेन्सी
unn.prixa.net

ब्राजिलियन फुटबलर नेयमारको बलात्कारको आरोपमाथि अनुसन्धान गरिरहेको प्रहरीले फाइल बन्द गरेको छ । साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावका कारण मद्धा अघि बढाउन नसक्ने जानकारी दिएको हो ।

ब्राजिलियन मोडल नाइला ट्रिनडाडेले पेरिसको एक होटलमा आफूमाथि आक्रमण गरेको भन्ने आरोप लगाएपछि अनुसन्धान सुरु गरिएको थियो । नेयमारमाथि यो गएको मे महिनामा बलात्कारको आरोप लगाइएको थियो । यद्यपी नेयमारले यो आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि आरोप लगाएर ठगीको प्रयास भएको समेत दाबी गरे । 

प्रहरीको यो निर्णयमा नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् । अघिल्लो महिना नेयरमारले इन्स्टाग्राममा सात मिनेट लामो भिडियो पोस्ट गर्दै आफूमाथि लागेको आरोपको बारेमा जानकारी दिएका थिए ।

आरोप लगाउने ती महिलाले यथेष्ट प्रमाण दिन नसकेपछि धेरै जना वकिलहरुले मुद्धा छोडेका थिए ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया