प्रधानमन्त्री ओली न्यूयोर्कमा : भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता हुने

 असोज ५, २०८१ शनिबार ११:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली गएराति न्यूयोर्क पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई र असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी उहाँले महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथा विकास साझेदारसँग 'साइडलाइन' वार्ता गर्नुहुनेछ । न्यूयोर्कमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि द्विपक्षीय भेटवार्ता हुने भएको छ । दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि यसअघि नेपाली पक्षले विभिन्न तहबाट पहल गदै आएको थियो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया