इन्द्रजात्रा आज सकिँदै

 असोज ५, २०८१ शनिबार ९:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर संघले जनाएको छ ।

इन्द्रध्वजा ढालेपछि टेकुमा सेलाइने परम्परा छ । तर इन्द्रध्वजासँगै काठमाण्डौको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्टमात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिने मानन्धरले बताउनुभयो । एक हप्ता अघि इन्द्रध्वजा ठड्याएर येँया भनिने इन्द्रजात्रा शुरु भएको थियो ।

यसैबीच इन्द्रजात्राको आज अन्तिम दिन, कुमारीको रथ महिलाले तान्नेछन् । केहिवर्ष अघिदेखि आजका दिन कुमारीको रथ महिलाले मात्र तान्न थालेका हुन् । आज महिलाले कुमारीसहित गणेश, कुमारको रथलाई बसन्तपुर, प्याफल, नरदेवी, किलागल, भेडासिहंबाट तानेर कुमारी घरमा नै फर्काइने इन्द्र जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै आज एक हप्ताको लागि खोलिएको श्वेत भैरवको ढोका पनि बन्द गरिँदैछ भने जात्राको लागि विभिन्न ठाँउबाट आएका पुलुकिसी, लाखे, महाकालीलगायतका परम्परागत नाचका देवगणका टोली पनि पुजा थापेर आ–आफ्नो ठाँउमा नै फर्किदैछन् । त्यस्तै आजका दिन राष्ट्रप्रमुखले कुमारीको हातबाट टिका थाप्ने परम्परा छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया