नागढुङ्गा–मुग्लिन सडक : १७ गतेभित्र मर्मत सक्ने सहमति

 असोज ५, २०८१ शनिबार ९:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिने विषयमा सहमति भएको छ । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा धादिङका संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिसँगै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको सहभागिता थियो । सहमतिअनुसार निर्माण व्यवसायीले चाडपर्वलाई लक्षित गरी यही असोज १७ गतेभित्र सडकको सबै मर्मतको काम सक्नुपर्ने भएको छ ।

सडक विभागले तत्कालै सीतापाइला, धार्के, भिमढुङ्गा, लामीडाँडा, गल्छी तथा गल्छी परेवाटार (त्रिशूली पारी पट्टि) भइ रहेका सडकको अवस्थाअनुसार डाइभर्सन सडकका रुपमा प्रयोग गर्ने सहमति पत्रमा उल्लेख छ । आयोजनाको टिम, योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षले डिजाइन कार्यान्वयन र गर्नुपर्ने सुधारका सम्बन्धमा पालिकासँग नियमित सम्पर्क र समन्वय पनि गर्नुपर्ने भएको छ ।

सडक निर्माण गर्दा प्रचलनमा रहेका सिँचाइ र शाखा सडकमा अवरोध नहुने गरी निर्माण गर्ने सहमति भएको छ । आयोजना कार्यान्वयन गर्दा गल्छी, महादेववेशीलगायत ठाउँमा छुट भएका थप घरटहरा र संरचनाको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने सहमति पत्रमा उल्लेख गरिएको छ । सहमति पत्रमा निर्माण व्यवसायीले स्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजस्व तिर्नुपर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति भएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया